Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – नेपाल वायुसेवा निगमको जहाज खरिद भ्रष्टाचारमा विदेशी कम्पनी पनि जोडिएको छ । अमेरिकाको इलिनोइस राज्यस्थित वुड डेलमा मुख्यालय रहेको एएआर कर्प नेपाली जहाज खरिद भ्रष्टाचारमा जोडिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यससम्बन्धमा अनुसन्धान गरिरहेका अमेरिकी जस्टिस डिर्पाटमेन्ट र धितोपत्र विनिमय आयोगसँग यो मुद्दा सुल्झाउन उक्त कम्पनीले ५ करोड ५० लाख अमेरिकी डलर तिर्ने भएको हो । ती दुई निकायले कम्पनीबाट विदेशमा भ्रष्टाचार भएको सम्बन्धमा अनुसन्धान गरेका थिए । अमेरिकी जस्टिस डिपार्टमेन्टको सार्वजनिक मामिला कार्यालयले विज्ञप्तिमार्फत जनाएअनुसार एएआरका पूर्वसब्सिडरी कार्यकारीले नेपाल स्किममा आफ्नो भूमिका स्वीकारेका थिए । दोष स्वीकारेसँगै एएआरले अमेरिकी विभागसँग १८ महिनासम्म गैरअभियोगसम्बन्धी सम्झौता समेत गरेको छ ।

उक्त भ्रष्टाचार सन् २०१५ देखि २०२० को बीचमा भएको विभागले जनाएको छ । एएआरले नेपाली सरकारी अधिकारीलाई घूस दिएर नेपाल एयरलाइन्ससँगको व्यवसाय हत्याउन भूमिका खेलेको थियो । एएआरले ‘थर्डपार्टी’सँग मिलेर दक्षिण अफ्रिकामा पनि भ्रष्टाचार गरेको अनुसन्धानका क्रममा भेटिएको हो । एएआरको यो भ्रष्टाचारजन्य कार्यबाट कम्पनीले २ करोड ४० लाख अमेरिकी डलर नाफा आर्जन गर्न सफल भएको थियो ।

‘एएआरले नेपाल र दक्षिण अफ्रिकामा राज्यस्वामित्वका एयरलाइनसँगको व्यवसाय प्राप्त गर्न उच्चपदस्थ सरकारी अधिकारीलाई घूस खुवाएर २ करोड ४० लाख अमेरिकी डलर अवैध नाफा आर्जन गरेको भेटियो’, जस्टिस डिपार्टमेन्टका अपराध विभागका काउन्सिलर ब्रेन्ड विबलले भनेका छन् । उनले यस्ता कार्यमा संलग्न कम्पनी र व्यक्तिलाई जिम्मेवार ठहर गर्न विभाग सदैव तयार रहेको समेत उल्लेख गरेका छन् ।

नेपाल वायुसेवा निगमले खरिद गरेका जहाजमा भ्रष्टाचार भएको भन्दै लामो समय राजनीतिक वृत्त तातेको थियो । हाल सोही भ्रष्टाचारमा संलग्न निगमका तत्कालीन महाप्रबन्धकसहितलाई विशेष अदालतले जरिवाना तथा सजायको फैसला गरिसकेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया