Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – युरोपेली संघ (ईयू) क्षेत्रमा नेपाली वायुसेवा कम्पनीका विमानहरूले उडान गर्न नपाउने गरी ११ वर्षअघिदेखि कायम नियम अझै थप एक वर्ष जारी राख्ने भएको छ । बर्सेनि अद्यावधिक हुँदै सार्वजनिक हुने यस्तो प्रतिबन्धको निर्णयका कारण नेपालका सम्पूर्ण विमान कम्पनीहरू युरोपेली आकासमा एक दशकभन्दा बढी समयदेखि प्रतिबन्धित छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो पटक त ईयूले पाकिस्तानलाई कालो सूचीबाट हटाउँदा नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ । नेपाल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आईकाओ) को ‘खैरो सूची’ मा समेत परेको थियो । तर, उड्डयन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा यो सूचीबाट हटाएको थियो ।

उक्त सूचीबाट हटेपछि ईयूको कालो सूचीबाट हटाउन समेत पटक पटक प्रयास गरे पनि अहिलेसम्म ईयूले नेपाललाई यही सूचीमा कायम राखेको छ । ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।

नेपाली पक्षको असन्तुष्टि
यो वर्ष पनि कालो सूचीबाट नहटाउनुमा नेपाली पक्षकै पर्याप्त प्रयास नपुगेको विज्ञहरूले बताएका छन् । कालो सूचीका कारण खासगरी युरोपमा उडाउने लक्ष्यका साथ दुईवटा वाइडवडी अर्थात ठूला आकारका विमान भित्र्याएको नेपाल वायुसेवा निगमलाई युरोप मात्र नभई अस्ट्रेलियासमेत उडान गर्न असम्भव भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले भने ईयूको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली विमान कम्पनीलाई विगत ११ वर्षदेखि कालो सूचीमा राख्दै आएको युरोपेली संघ ईयूले उक्त सूचीबाट यो वर्ष पनि नहटाउनुमा दुई कारणलाई मुख्य मानेको बताइएको छ ।

दुर्घटना र सुरक्षा सुधार मुख्य मुद्दा
ईयूले नेपाललाई कालोसूचीमा राखिराख्नुको मुख्य कारण विमान दुर्घटनाहरू र सुरक्षा सुधारमा कमी भएको उल्लेख गरेको छ । यस वर्ष पनि साना र ठूला विमान दुर्घटनाहरू भएका कारण नेपालको उड्डयन क्षेत्र अझै जोखिमयुक्त रहेको ईयूको निष्कर्ष छ । तर, प्राधिकरणका अधिकारीहरू यो तर्कप्रति असन्तुष्ट छन् । ;हामीले धेरै सुधार गरेका छौं। ईयूले हामीलाई कालोसूचीमै राख्नु अन्यायपूर्ण छ,’ एक अधिकारीले भने ।

अन्य देशको अवस्था
ईयूले यसपटक पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई कालोसूचीबाट हटाएको छ भने तान्जिनियाको एयर तान्जानियालाई सूचीमा थपेको छ । रसियाका २२ एयरलाइन्स, इरानका दुई, उत्तर कोरियाको एयर कोरियो, अफगानिस्तान, अर्मेनिया, जिम्बाब्वेलगायतका देशहरूका एयरलाइन्स पनि यो सूचीमा रहेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया