Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – इरानमा अनलाइन कन्सर्टमा हिजाब नलगाएको आरोपमा एक गायिका पक्राउ परेकी छन् । उनलाई शनिबार पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्जारमाध्यमले जनाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२७ वर्षीया गायिका परस्तु अहमदी गत बुधबार (डिसेम्बर ११) मा कन्सर्टको भिडियो युट्युबमा अपलोड गरेकी थिइन् । भिडियोमा अहमदी स्लिभलेस ड्रेस लगाएर गीत गाउँदै थिए । भिडियो अपलोड भएपछि अहमदीविरुद्ध बिहीबार अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

एक इरानी वकिलले उनलाई इरानको उत्तरी प्रान्त माजानदारनको राजधानी सारीबाट प्रहरीले पक्राउ गरेको बताएका छन् । उनीसँगै देखिएका चार संगीतकारमध्ये दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ पर्नेमा सोहेल फगिह नासिरी र एहसान बेरागदर छन् । दुवैलाई राजधानी तेहरानबाट पक्राउ गरिएको हो ।

सन् २०२२ मा इरानमा हिजाबको विरोधमा महिलाको समर्थनमा गीत गाएको भन्दै इरानी सरकारले परस्तुलाई कारबाही गरेको थियो । युट्युबमा राखिएको भिडियोलाई १६ लाखभन्दा बढी पटक हेरिएको छ । पक्राउ परेपछि ती महिलालाई कहाँ राखिएको छ भन्नेबारे कुनै जानकारी छैन । यसबाहेक उनीविरुद्ध कुन धारामा मुद्दा दर्ता गरिएको छ भन्ने पनि स्पष्ट छैन ।

इरानमा सन् १९७९ मा हिजाब अनिवार्य गरिएको भए पनि १५ अगस्ट २०२३ मा राष्ट्रपति इब्राहिम राइसीले एउटा आदेशमा हस्ताक्षर गर्दै यसलाई ड्रेस कोडको रूपमा कडाइका साथ लागु गर्न भनेका थिए । सन् १९७९ भन्दा पहिले इरानमा महिलाको लुगामा कुनै पनि प्रकारको प्रतिबन्ध थिएन । इरानवायरबाट

तपाईको प्रतिक्रिया