सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ
समाचार सुन्नुहोस :
काठमाडौँ – कैलालीको भजनी नगरपालिका–५ को कौवाखेडा सीमाक्षेत्रबाट ठूलो मात्रामा सुन, चाँदी र विदेशी मुद्रासहित तीन व्यक्ति पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा सुर्खेतका महेन्द्रबहादुर शाही (३६), हर्कबहादुर विक (३१) र महेश सुनार (३२) छन्। ती व्यक्ति भारतबाट नेपाल प्रवेश गर्दै गर्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूको साथबाट ८० लाख ७९ हजार रुपैयाँबराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार रुपैयाँबराबरको ८.९१४ किलोग्राम चाँदी, ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, केही साउदी रियाल, चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाहरू फेला परेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।