काठमाडौं – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै दाहालले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए ।
एकथरि शक्तिमा यो माओवादी र कांग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय समहतिबाटै टुंगोमा शान्ति प्रक्रियाका बाँकी काम अन्तिम चरणमा पुगेको बताए । दुई शिक्षक संगठनबीचको एकताले बृहत एकता र ध्रुवीकरणको बाटो फराकिलो बनाउने उनको भनाई छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.