Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङद्वारा पत्रकार गोपाल दाहाललाई धम्की दिइएको घटनाले नेपाल पत्रकार महासंघको ध्यान तानेको छ। खोज पत्रकारिता केन्द्र (खोपके) मा मेयर साम्पाङका गतिविधिबारे समाचार प्रकाशित भएपछि साम्पाङले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटसमार्फत व्यक्त गरेका थिए।

महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुनसरीका अध्यक्ष जनकऋषि राई र राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई मेयर साम्पाङले फेसबुकमा धम्कीपूर्ण अभिव्यक्ति दिएका छन्, जुन घटनाले महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।” विज्ञप्तिमा मेयरजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट कानुनी प्रक्रियालाई वेवास्ता गरी गरिएको यो कार्य प्रेस स्वतन्त्रताको उल्लङ्घन भएको ठहर गरिएको छ। महासंघले साम्पाङको व्यवहारलाई अराजक, अशोभनीय र अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएको उल्लेख गरेको छ।

साम्पाङले आफ्नो स्टाटसमा दाहाललाई “धरान १८ को ग्रीन टीमा हाजिर हुन” चेतावनी दिएका थिए, अन्यथा “उनको खोज पत्रकारिता अन्त्य गरिने” धम्की दिएका थिए। यो घटनापछि अर्को स्टाटसमार्फत साम्पाङले थप धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। महासंघले यसलाई पत्रकारको पेशागत हिम्मत र अभिव्यक्तिको स्वतन्त्रतामाथि धक्का पुर्‍याउने कार्यको रूपमा व्याख्या गरेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया