Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणसहित चारवटा मुद्दामा अनुसन्धानका लागि कास्की लगिएको छ। चितवनमा बुधबार राति ९ बजे सरकारी वकिलको कार्यालयमा उनको बयान सकिएपछि बिहीबार बिहान पोखरा पठाइएको हो।

प्रहरीले उज्यालो भएपछि अवरोध हुन सक्ने भन्दै बिहानै उनलाई पोखरा पुर्‍याएको जनाएको छ। यसअघि मंगलबार उनलाई काठमाडौंबाट चितवन लगिएको थियो। दुई दिनसम्म बयानपछि पर्सा लैजाने कि पोखरा हुँदै लैजाने अन्योलबीच उनलाई पोखरा पठाइएको हो।

रविलाई सहकारी ठगीका पाँच प्रकरणमा अनुसन्धान भइरहेको छ। बुधबार पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पर्साका ४३७ पीडितले दायर गरेको जाहेरीमा ३३ करोड ५० लाख ७० हजार रुपैयाँ ठगी भएको दाबी गरिएको छ।

सहकारी ठगीमा रविसँगै छविलाल जोशी, जीबी राई र रामबहादुर खनाल संलग्न रहेको आरोप छ। जीबी राई अझै फरार छन्। रवि कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेपछि चितवन, कास्की र रुपन्देहीमा बयान दिइसकेका छन्। उनीमाथि गार्खा मिडिया प्रालिको प्रबन्ध निर्देशकका हैसियतमा विभिन्न सहकारी ठगी गरेको आरोप छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया