Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौं – लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियन नागरिक ३४ वर्षीय ओनरेज हुसर्के पाँच दिनपछि भेटिएका छन् । हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही हुन् ।

आरोहणका लागि गएका उनी हिमालको ३० मिटरभन्दा बढी गहिरो खोँचमा भेटिएका हुन् । गोसाईंकुण्ड गाउँपालिका-३ को समुन्द्र सतहदेखि ७ हजार मिटरभन्दा बढी उचाईमा रहेको उक्त खोँचबाट उनको उद्धार भने कठिन रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव भट्टराईले मौसम खराब भएका कारण हेलिकोप्टर जान सक्ने अवस्था नभएपछि सोमबार उनको उद्धार सम्भव नभएको बताए । हवाई उद्धारका लागि गएको टोलीले उनले लगाएको लुगा, स्लिपिङ व्याग लगायत सामग्री फेला पारेको थियो। सोही क्षेत्रमा खोजी गर्ने क्रममा उनी भेटिएका हुन् ।

तर, खोँचका फसेका कारण विशेषज्ञ टोली गएर मात्रै उद्धार हुनसक्ने अवस्था देखिएको डीएसपी भट्टराईले बताए । मौसम खुलेलगत्तै विशेषज्ञसहितको टोली परिचालन गरेर उनको उद्धार गर्ने तयारी भएको भट्टराईको भनाइ छ ।

उनीसँगै बेपत्ता भएका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का भने आफैं सम्पर्कमा आएका थिए । अर्का जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलालाई टोलीले उद्धार गरेको थियो । उनीहरु दुवैको काठमाडौंमा उपचार भइरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया