Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बागमती सफाइ महाअभियानको पाँच सय ९७ औँ हप्तामा तीनकुने पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । ‘हप्तामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ पूर्वमन्त्री अग्नि खरेल र अन्य अभियानकर्मीहरू सक्रिय रूपमा सहभागी भएका थिए। यो सफाइ अभियान २०६० सालको जेठ ५ गतेदेखि प्रत्येक शनिबार दुई घण्टाको लागि आयोजना हुँदै आएको छ।

अभियानकर्मी डा. माला खरेलका अनुसार आजको सफाइ तीनकुने पुलको पाँच सय मिटर तलसम्म गरिएको थियो र संकलित फोहरको व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गरेको छ।

यो महाअभियान सुरु भएयता निरन्तरता पाइरहेको छ। जसको प्रभावले काठमाडौँ उपत्यकाका बागमती सहायक नदीहरूमा पनि सफाइ भइरहेको छ। यसैगरी, काठमाडौँ बाहिरका मुख्य नदीहरू र सहरहरूमा पनि सफाइ कार्य विस्तार हुँदै आएको छ। महाअभियानको प्रेरणाबाट देशभर एक सय आठ भन्दा बढी स्थानमा नियमित रूपमा सफाइ अभियानहरू सञ्चालन भइरहेका छन्।

तपाईको प्रतिक्रिया