Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार बुलिङटारबाट कावासोतीतर्फ जाँदै गरेको जीप कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटना अनकन्टार पहाडी क्षेत्रमा भएकोले उद्धारमा केही समय लागेको थियो। घाइतेहरूलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको लागि पुर्‍याइएको छ। प्रहरीका अनुसार जीपले क्षमताभन्दा बढी यात्रु बोकिरहेकोले दुर्घटना भएको अनुमान गरिएको छ। हालसम्म मृतक र घाइतेहरूको विस्तृत विवरण प्राप्त हुन सकेको छैन।

तपाईको प्रतिक्रिया