Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मलेसिया सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ। आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुने गरी पारिश्रमिक बढाउने घोषणा गरेको हो। हाल श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ। आगामी वर्षका लागि बजेट भाषण गर्दै मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले न्यूनतम पारिश्रमिक २०० रिंगेटले बढाउने घोषणा गरेका हुन्।

पाँचभन्दा कम कामदार भएका साना कम्पनीहरूका लागि भने यो नयाँ पारिश्रमिक १ अगस्ट २०२५ देखि मात्र लागू हुनेछ। औद्योगिक तथा प्राविधिक श्रमिकहरूको न्यूनतम पारिश्रमिक भने यसअघि नै निर्धारण गरिएको छ। जसमा उत्पादन प्राविधिकहरूको तलब २२९० रिंगेट, मेकानिकल इन्जिनियरहरूको तलब ३३८० रिंगेट, र क्रिएटिभ कन्टेन्ट डिजाइनरहरूको तलब २९८५ रिंगेट रहेको छ।

मलेसिया नेपाली श्रमिकहरूको लागि प्रमुख आकर्षक गन्तव्य भएकाले यो तलब वृद्धिले नेपाली श्रमिकहरूलाई पनि लाभ मिल्नेछ।

 

 

तपाईको प्रतिक्रिया