Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगी प्रकरणमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । पक्राउपछि उनलाई सडकमार्गबाट पोखरा लगिँदैछ। प्रहरीले उनलाई रास्वपाको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको हो । लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत, कास्कीले पक्राउ अनुमति दिएको थियो।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट जारी भएको पक्राउ पूर्जीका आधारमा लामिछाने पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा पोखराको सूर्य दर्शनलगायत सात सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएकाे पाइएको छ।

कास्की जिल्ला प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लामिछानेलाई पक्राउ गर्न आग्रह गर्दै पत्र पठाएको थियो। पत्रमा ‘ठगी तथा संगठित अपराध’ सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भनिएको थियो।

तपाईको प्रतिक्रिया