Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इजरायलको उत्तरी भागमा रहेको सैनिक आधार शिविरमा ड्रोन आक्रमण हुँदा चारजनाको मृत्यु भएको छ। शिविरलाई लक्षित गरेर भएको उक्त आक्रमणमा ५८ जना घाइते भएको इजरायल रक्षा बल (आईडीएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

हाइफाको दक्षिणमा २० माइल (३३ किलोमिटर) टाढा रहेको बिन्यामिनाको नजिकैको शिविरमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको पनि समाचारमा उल्लेख गरिएको छ।

हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ। जसले तेल अवीव र हाइफाको बीचमा रहेको क्षेत्रमा आईडीएफको गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरेको हो।

 

तपाईको प्रतिक्रिया