Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – मौसम अनुकूल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य आठ विमानस्थलमा हवाई सेवा पुनः सञ्चालनमा आएको छ। त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आईएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ।

वर्तमान अवस्थामा त्रिभुवन विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू सुचारु छन्। प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार ४०० भन्दा बढी उडान रद्द भएका थिए। सामान्यतया, त्रिभुवन विमानस्थलबाट दैनिक १५० देखि १६० उडान सञ्चालन हुन्छन्। सुर्खेत बाहेक सबै विमानस्थलबाट अहिले उडानहरू भइरहेको जनाइएको छ। यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो।

 

 

 

तपाईको प्रतिक्रिया