Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज दिउँसो १ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्। अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

हाल देशभर मनसुन सक्रिय रहँदा बाढी, पहिरो र डुबानले जनजीवन निकै प्रभावित भएको छ। केही जिल्लामा मानवीय क्षति भएको छ भने सडक र पुलहरू भत्किएका छन्। यात्राका क्रममा अलपत्र परेकाहरूलाई उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया