Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतमा राख्न म्याद थप भएको छ। जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राखेर म्याद अनुसन्धान गर्न म्याद थपेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले बताए।

जोशीलाई आइतबार काठमाडौँमा पक्राउ गरी त्यही रात पोखरा ल्याइएको थियो। सोमबार अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको भए पनि दुई दिन मात्र प्रहरीको बयान लिइएको थियो।

स्वास्थ्य समस्याको कारण बयान रोकिएको बताउँदै एसपी थापाले जोशीलाई ब्रोंकाइटिस भएको र औषधि सेवनपछि हिरासतमै राखिएको जनाएका छन्। हालै उनलाई स्वास्थ्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।‘अस्पतालमै राख्ने कि ल्याउने डाक्टरको भन्नुहुनेछ’, उनले भने।

तपाईको प्रतिक्रिया