Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – खराब मौसमका कारण हवाई उडानहरू प्रभावित भएका छन्। बिहीबारदेखि परेको लगातार वर्षाका कारण आज विभिन्न गन्तब्यका हवाई उडान प्रभावित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानहरूमा असर परेको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भइरहेको छ । तर भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा कुनै पनि उडान नभएको जानकारी दिए। विराटनगरमा भने दिउँसो ३ बजेपछि नियमित उडानहरू सुरु भएका छन्। अन्तर्राष्ट्रिय उडानतर्फ, दुई विमान करिब एक घण्टा होल्डमा परेर अवतरण गरेका छन्। इण्डिको एयरलाइन्सको दिल्लीबाट काठमाडौं आउने र थाई एयरको बैंककबाट आएको विमान होल्डमा परेका थिए। अन्य अन्तर्राष्ट्रिय उडानहरूमा पनि केही ढिलाइ भएपनि अहिले नियमित भइरहेको छ।

लगातारको वर्षाले भिजिबिलिटी कमजोर हुँदा विमानस्थलमा ‘इन्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) अनुसार मात्र उडानहरू भइरहेका छन्। पर्वतीय उडानहरू भने मौसम खराब भएकाले आज रद्द भएका छन्। देशभरको मौसममा मनसुनी प्रभावसँगै भारतको उत्तरमध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीले पनि वर्षा गराइरहेको छ।

तपाईको प्रतिक्रिया