Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशभरको विभिन्न क्षेत्रमा परेको अविरल वर्षाले जनजीवनमा असर गरेको छ। विशेषगरी काठमाडौं उपत्यकामा गए रातिदेखि निरन्तर परेको झरीले बिहानैदेखि जनजीवन अस्तव्यस्त बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहने जानकारी दिएको छ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षासहित मेघ गर्जनको सम्भावना छ।

साथै, तराईका केही क्षेत्रमा हुरी बतासको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी तथा लुम्बिनीका केही क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने चेतावनी जारी गरिएको छ।

तपाईको प्रतिक्रिया