Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – झापा, बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष डिल्लीप्रसाद ओली घुस काण्डमा फसेपछि निलम्बित भएका छन्। मंगलबार भारतीय नागरिकसँग घुस लिँदालिँदै रङ्गेहात नियन्त्रणमा परेका ओली निलम्बनमा परेका हुन्। उनलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको थियो।

ओली २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्। विशेष अदालत काठमाडौंबाट म्याद थप भई आएको र ओलीलाई थप अनुसन्धान भइरहेको आयोगका अनुसन्धान अधिकृत ज्ञानमञ्जरी शर्माद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति घुस प्रकरणमा फसेपछि स्वत: निलम्बनमा रहने कानूनी व्यवस्था छ।

 

 

तपाईको प्रतिक्रिया