Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

लुभेन बेल्जियम – बेल्जियमको शैक्षिक नगरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसँग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । ब्रसेल्समार्गमा सम्पन्न साक्षात्कार कार्यक्रमसँगै नेपाली समुदायको तर्फबाट लुभेन वा आसपास क्षेत्रमा नेपाली चौतारी निर्माण, बुद्ध मार्ग वा माऊन्ट एभरेस्ट मार्ग (स्त्रा ) नामकरण गर्नुपर्ने सहित आफ्ना पाँचबुँदे तत्कालीन एवंम दीर्घकालिक मागहरू समेत प्रस्तुत गरेका छन् ।

युरोपकै सफा नगरको रूपमा पुरस्कृत लुभेन नगरपालिका विश्वव्यापी रूपमा विश्वविद्यालय र विद्यार्थीको शहरको नामले समेत परिचित छ जहाँ हजारौँको संख्यामा नेपालीमूलक मानिस स्थायीरूपमा बसेका छन् । यहाँ सम्मकी Poortveldstraat,Gementestraat लगायत मार्गहरूमा लहरै २०देखि ४० घर नेपालीहरूले स्थायीरूपमा निजी निवासको रूपमा प्रयोग गरेका छन् ।

१ सय ७० भन्दा बढी मुलुकका बासिन्दा रहेको र ठूलो संख्यामा व्यापार व्यवसायमा समेत संलग्न रहेको लुभेनमा नेपाली सांस्कृतिक केन्द्र वा सो को लागि खरिद गर्न उपयुक्त जग्गा खोजिदिन आग्रह गरेको छ ।दोस्रो माग भने लुभेन र नेपालको कुनै एउटा शहर – शहरबीचको भगिनी सम्बन्ध स्थापना, नेपाली नृत्य, भाषा कक्षाहरूको लागि उपयुक्त एउटा स्थल निर्माण गर्न अनुरोध गरिएको छ । मेयर रूदुवानीसँग चौथो र पाँचौ माग पत्रमा लुभेनको एउटा सडकको नाम, उदाहरणका लागि, एभरेस्ट स्ट्रीट, बुद्ध स्ट्रीट, वा लुम्बिनी स्ट्रीट गरिदिन तथा नेपालबाटै बर-पिपल ल्याएर रोप्न र नेपालको प्यास मेटाउने स्थलको रूपमा नेपाली चौतारी बनाउन उपयुक्त स्थान अनुदान या खरिदको निम्ति आग्रह गरिएको छ ।

विगत दशौँ वर्षदेखि नेपाली समुदाय मार्फत नगरपालिकासँग विभिन्न खाले कार्यक्रमहरू सहकार्यमा गरिँदै आएको र समुदायले आफ्नो तर्फबाट विभिन्न मागहरू सार्वजनिक सभा सम्मेलन एवंम नगरपालिकामा प्रतिनिधि मार्फत भेटघाटद्वारा जानकारी गराउँदै आएका छन् । तर यसको कार्यान्वयन र अगाडी बढाउने प्रक्रियामा औपचारिक रूपमा समुदायको तर्फबाट सामूहिक हस्ताक्षर सहित आफ्ना अनुरोधलाई हस्तान्तरण गरेको भने पहिलो पटक हो ।उक्त अवसरमा बाग्लुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठद्वारा हस्ताक्षरित बाग्लुङ नगरपालिका र लुभेन नगरपालिका बिच भगिनी सम्बन्ध स्थापित गरेर विकास निर्माण, आपसी भाइचारा, पर्यटन प्रवर्धन, एबम दुई नगर बिच सामाजिक सद्भाव कायम गर्ने उद्देश्य सहितको पत्र बाग्लुङ समाज बेल्जियम अध्यक्ष महेन्द्र पन्त र सिङ्गो समुदायको तर्फबाट नगर प्रमुखलाई हस्तान्तरण गरेको छ ।

बेल्जियममा विशेषतः लुभेनमा बसोबास गर्ने नेपाली संघ संस्थाका अध्यक्ष एवंम प्रतिनिधिहरू उपस्थित प्रमुख आकर्षण नगर प्रमुख मोहम्मद रुदुबानी रहेका थिए । मेयर रुडवानीले भने नेपालीसँगको घनिष्ठता पुन दोहोर्‍याउँदै भने लगनशीलता र मेहनती नेपाली लुभेनको अभिन्न बनिसकेका छन् । सबै राष्ट्रिय राजनैतिक दलको नजर नेपाली कम्युनिटीमा रहेकोले आफू भैरूट (एसपिआ)बाटै मेयर बनेको र त्यसैबाट फेरि ऊम्मेदवार बनेपनि “तपाईँलाई जो राम्रो लाग्छ ,जसले राम्रो गरेको छ र गर्छ उसैलाई मतदान गर्न स्वविवेक प्रयोग गर्नुहोस् ।”मेयरले नेपाली समुदायको मागपत्र ग्रहण गर्दै भने अध्ययन ,छलफल र सहमतिबाट माग पुरा गर्न कटिबद्ध रहनेछु । आगामी अक्टोबरको स्थानीय निकायको निर्वाचनपूर्व नै मागका केही बुँदा पुरा गर्न प्रयत्न गर्ने छु ।

समुदायको तर्फबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् उपाध्यक्ष  ,एनआरएनए बेल्जियम पूर्व अध्यक्ष गंगाधर गौतम, आइसिसी सचिव पूर्व कोषाध्यक्ष एवंम एनआरएनए बेल्जियम पूर्व  अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएनए बेल्जियम निवर्तमान अध्यक्ष खडक बहादुर केसी, लुभेन नगरपालिकाका बहाल सदस्य र आगामी स्थानीय निर्वाचनका उम्मेदवार सूर्य ढकाल, समाजवादी पार्टी बेल्जियम शाखाका अध्यक्ष एवंम एनआरएनए पूर्व आइसिसी नेत्र बहादुर मगर, पर्वत अन्तर्राष्ट्रिय समाजका निवर्तमान अध्यक्ष झलक केसी, जयन्तु संस्कृतम अभियानका संयोजक एवंम व्यवसायी संघ बेल्जियमका संस्थापक अध्यक्ष राधाकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई, बाग्लुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्त, नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री गोविन्द सिंह अधिकारी थिए ।त्यसैगरी विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगर, किरात राई सोसाइटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ , नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास,गैर नेपाली संघ बेल्जियमका सचिव सञ्जय श्रेष्ठ (देबु)वरिष्ठ पत्रकार एवंम लेखक पंचम अधिकारी, साग्रिला समाज बेल्जियमका अध्यक्ष नारायण अधिकारी, क्षेत्री समाज बेल्जियमका महासचिव हरि रोका,जसस पूर्व सहमहामन्त्री विष्णु सापकोटा ,चितवन सहायता कोष बेल्जियमका पूर्व अध्यक्ष दिनेश भण्डारी, यूरो नेपाल कलाकार संघ र अनेसास पूर्व अध्यक्ष परमानन्द सापकोटा, नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्व सह_महामन्त्री विष्णु सापकोटा, शेर्पा किदुक बेल्जियमका दाबा फिन्जो शेर्पा, बाग्लुङ समाज बेल्जियमका सचिव हरि शर्मा, समाजसेवी सृजना नेपाल, सामाजिक अभियन्ता विदुर केसी, युवा व्यवसायी रोशन शर्मा, महेन्द्र सापकोटा, एनआरएनए बेल्जियमका सदस्य रोशन गौतम, शोनु गुरुङलगायतले माग पत्रमा हस्ताक्षर गर्दै मेयरसँग प्रश्नोत्तर गरेका थिए ।

नेपाली मूलका सूर्य ढकाल मेयर रुदुबानीको पार्टी भेरुतबाट नगर सदस्य रहेका छन भने पुन चुनावी मैदानमा छन । समुदायलाई निर्वाचनमा स्थान दिएको र मेयरको चुनावी अभियानमा जित र सफलताको कामना समेत गरे । काउन्सिल सदस्य सूर्य ढकालले संयोजन गरेको साक्षात्कार कार्यक्रमको आयोजना नेपाली समुदायले गरेको थियो ।

तपाईको प्रतिक्रिया