Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा नेता रविन्द्र मिश्रबीचको भेटलाई व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले यस भेटलाई ‘बिरालो म्याउँ’ गरेको भनेर संज्ञा दिएका छन्।

भट्टराईले प्रचण्ड र मिश्रको भेटबारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्ता-लिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू नखोसिने बताएका छन् ।

बाबुरामले भनेका छन्- ‘वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउँ गरिहाल्छ रे ! प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरङ्ग कुराकानीको सत्य तथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखी जान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्याँउ’ गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो । यसको अर्थ- गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानीपूर्ण सङ्घर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !’

 

तपाईको प्रतिक्रिया