Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०९, २०८१
Wednesday, September 25, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दशैंको समयमा यात्रुहरूको सुविधाका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ ( असोज १२ गते ) शनिबारदेखि खुल्ने भएको छ। मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले यो निर्णय गरेको हो।

यातायात व्यवस्था विभागले असोज १० गतेदेखि टिकट बुकिङ खुला गर्नका लागि प्रस्ताव गरे पनि १२ गतेका लागि सहमति भएको हो।शनिबार सरकार र यातायात व्यवसायीबीच छलफल भएको थियो । छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्ने, अग्रिम टिकट बुकिङ तत्काल खुलाउने र छठपछि भाडा समायोजन गर्ने सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया