Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराधको अभियोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेपछि सर्वोच्च अदालतले उनलाई छोड्न अस्वीकार गरेको छ । रास्वपाकी केन्द्रीय सदस्य टीका (ज्वाला) संग्रौलाले दिएको उजुरीका आधारमा प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरिएको हो ।

प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन हालेका थिए, तर सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उनलाई छोड्ने आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले प्रसाईंको मामिलामा ‘कारण देखाउ आदेश’ जारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतले पनि प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत साइबर अपराधको आरोप लागेको छ, जसमा आपत्तिजनक सामग्री प्रकाशन गरेर सार्वजनिक नैतिकता, शिष्टाचार, तथा जातीय सद्भावमा खलल पार्ने आरोप रहेको छ ।

कानुनअनुसार यस्तो अपराधको लागि एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद, वा दुवै सजाय हुनसक्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया