Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ –  जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्ने निर्णय गरेको हो।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा लगिएको थियो। सोमबार उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो।

सहकारीको बचत रकम दुरुपयोगको छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुनी कारबाहीको सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो। पोखराको सूर्यदर्शन सहकारीबाट मात्र ५ करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको खुलेको छ।

तपाईको प्रतिक्रिया