Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन ०७, २०८१
Monday, September 23, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेडिकल व्यावसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । स्वास्थ्य जाँच गर्दा उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि उनी गएराती नै अस्पताल भर्ना गरेको साइबर ब्यूरोले जनाएको छ । चिकित्सकको सिफारिसका आधारमा उनलाई अस्पतालमा राखिएको हो।

भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो। प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। हिरासतमा बस्नुपर्ने भएपछि उनी स्वास्थ्य जाँच गर्न भन्दै वीर अस्पताल पुगेका थिए ।

प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन्। प्रसाईंका समर्थकहरूले झापाका पनि विभिन्न स्थानहरूमा प्रदर्शन गरेका छन्।

 

तपाईको प्रतिक्रिया