Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

काठमाडौं – निगमको न्यरोबडी जहाज दुबईमा ग्राउण्डेड भएको छ । यात्रु लिएर फर्किनु पर्ने जहाजको ल्याण्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखिएपछि उतै ग्राउण्डेड गर्नुपर्ने अवस्था आएको हो ।

निगमको न्यरोबडी ‘लुम्बिनी’ शुक्रबार राति ११ः५२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको थियो । उक्त जहाज दुबईबाट स्थानीय समय अनुसार ३ः५५ बजे नेपाल फर्किनु पर्ने तालिका थियो । ‘ल्याण्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखियो, स्पेयर पार्ट्सको खोजी भइरहेको छ,’ निगमका प्राविधिक प्रवक्ता इञ्जिनियर मनोज कुमार साहले भने, ‘स्पेयर पार्ट्स खोजेर जहाजलाई फर्काउन लागिरहेका छौं ।’

यो विमानबाट शनिबार बिहान पौने १० काठमाडौंमा अवतरण भइसक्नुपर्ने तालिका थियो । तर, निगमसँग अर्को जगेडा विमान नभएकाले घर फकिँदै गरेका १५० नेपाली कामदारसहितका यात्रु उतै अलपत्र परेका छन् । ती यात्रुलाई निगमले खर्च ब्यहोर्ने गरी होटलमा राखिएको निगमका एक अधिकारीले जानकारी दिएका छन् ।

दुबईमा निगमको आफ्नै प्राविधिक नहुने भएकाले त्यहाँ उसले जहाजमा भईपरी आउने प्राविधिक समस्या हल गर्न कुबेत एयरवेजसँग सम्झौता गरेको छ । निगमले स्पेयर पार्ट्स जुटाई दिएपछि कुबेत एयरवेजका प्राविधिकहरुले त्यसलाई फेरबदल गरिदिने बताइएको छ । यो विमान उतै रोकिएका कारण शनिबार दिउँसो साढे १ बजेका लागि राखिएको दिल्ली वा बेलुकी ५ः४५ को हङकङ उडानमध्ये एउटा उडान यो न्यरोबडीले गर्नुपर्ने थियो । यीमध्ये कुनै एक गन्तव्यको उडान ढिलो हुने ती अधिकारीले जानकारी दिएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया