समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन्। महासंघको चुनाव दोस्रो पटक पनि गराउन असफल भएपछि उनले राजीनामा दिएका हुन्। आइतबार महासंघको केन्द्रीय समितिको बैठकमा मतदाता नामावलीको विषयमा सहमति नजुटेपछि असोज ५ मा हुने भनिएको चुनाव स्थगित हुने निश्चित भएको छ।
बैठकमा पोखरेलले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने पक्षमा अडान राखेका थिए। तर विरोधी पक्षले विवाद समाधान भएपछि मात्रै नामावली सार्वजनिक गर्नुपर्ने अडान राखेपछि निर्णय हुन सकेन् । नामवली सार्वजनिक गर्न नसकेपछि असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति सिर्जना भएको हो ।