Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि  शुरू हुँदैछ ।

राष्ट्रसंघको महासभा भोलिदेखि शुरू भए पनि उच्चस्तरीय साधारण छलफल असोज ८ गतेदेखि असोज १२ गतेसम्म हुनेछ र महासभाको समापन असोज १४ मा हुने तय भएको छ। नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्नेछन्। छलफलमा युद्धका जटिलता, कोरोनापछिको आर्थिक समस्या, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, मानव स्वास्थ्य र खाद्य संकटजस्ता मुद्दाहरूमा राष्ट्रप्रमुखहरूले विचार विमर्श गर्नेछन्।

यस वर्षको महासभा नेपालका लागि विशेष महत्त्वपूर्ण मानिएको छ। संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिने अपेक्षा छ। नेपालले आन्तरिक द्वन्द्व व्यवस्थापनमा सफल भएको उदाहरणका रूपमा प्रस्तुत हुने अवसर पाएको छ।

साथै, संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा नेपालले पठाएका सुरक्षाकर्मीहरूको योगदानलाई पनि फोरममा प्रमुख रूपमा प्रस्तुत गरिनेछ। न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँग छलफललाई प्राथमिकतामा राख्दै दिगो विकास लक्ष्य हासिल गर्न प्रतिवद्धता देखाउनेछ।

 

 

 

 

तपाईको प्रतिक्रिया