Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मध्य जर्मनीको हर्ज पर्वतमा लागेको भीषण आगलागीलाई नियन्त्रण गर्न शनिबार अग्निनियन्त्रकहरू र हवाई साधनहरूको प्रयोग तीव्र पारिएको छ। डढेलो शुक्रबार सुरु भएको थियो, जसले साँझसम्म विकराल रूप लिएको थियो। स्याक्सोनी–अनहाल्ट राज्यका अधिकारीहरूले ब्रोकेन पर्वतमा करिब १५० अग्निनियन्त्रक, विमान र हेलिकोप्टरहरू परिचालन गरिएको बताएका छन्। सो क्षेत्रमा आवागमन बन्द गरिएको छ।

शनिबार पनि आगलागी जारी रहेकाले थप हवाई साधनहरू परिचालन गरिएको छ, र आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू निरन्तर प्रयासरत छन्। अधिकारीहरूले थप विमानको माग गरेका छन् भने थप तीन विमान र अर्को हेलिकोप्टरले पनि यो अभियानमा सहभागिता जनाउने अपेक्षा गरिएको छ। स्थानीय अधिकारीहरूले पदयात्री र पर्यटकलाई क्षेत्र खाली गर्न आग्रह गरेका छन्, र ५०० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

सन् २०२२ मा पनि हर्ज पर्वतमा यस्तै डढेलोको सामना गर्नुपरेको थियो। जर्मनीले हालका वर्षहरूमा गर्मीमा उच्च तापक्रम भोगिरहेको छ, जुन वैज्ञानिकहरूका अनुसार मानव–प्रेरित जलवायु परिवर्तनको परिणाम हो।

तपाईको प्रतिक्रिया