Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौं – बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ । उक्त खाली क्याप्सुल न्यू मेक्सिकोमा सुरक्षित रूपमा अवतरण गरेको थियो ।

पृथ्वीको परिक्रमा गरिरहेको आईएसएसबाट छुट्टिएपछि सो यानले स्वचालित तवरबाट पृथ्वीसम्मको यात्रा गरेको थियो । स्टारलाइनरले जुनमा प्रक्षेपण गरे लगत्तै प्राविधिक समस्या सामना गरेको थियो जसमा हिलियम चुहावट समेत एउटा थियो ।

त्यसपछि अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त यानमा गएका दुई अन्तरिक्षयात्रीलाई आईएसएसमै छाड्नु सुरक्षित हुने निर्णय गरेको थियो । नासाका एक जना प्रवक्ताले अन्तरिक्षयान फिर्तीलाई एउटा सफलताको रूपमा व्याख्या गरे तापनि धेरै काम गर्न आवश्यक रहेको स्वीकारे । बुच विल्मोर र सुनी विलिअम्स आउँदो फेब्रुअरीमा पृथ्वीको कक्षमा आठ महिना बिताएर स्पेसएक्स क्रु ड्र्यागन जमिनमा फर्कनेछन् ।

नासाले के भन्यो ?
प्रक्षेपणका क्रममा बुच विल्मोर र सुनी विलिअम्स आठ दिनका लागि भनेर अन्तरिक्ष केन्द्र गएका थिए । नासाले उनीहरू राम्रो अवस्थामा रहेको र आफ्ना परिवारसँग नियमित सम्पर्कमा रहेको जनाएको छ । जसका एक वरिष्ठ अधिकारीले उनीहरू आफ्नो कामका लागि उत्सुक रहेको बताएका छन् ।

नासाका कमरसिअल क्रु प्रोगाम म्यानेजर स्टीभ स्टिचले भने, ‘उनीहरूले अहिले अगाडी बढिरहनु र… यानलाई सुरक्षित फिर्ता पठाउनुको महत्त्व बुझेका छन् ।’

नासाका अधिकारीहरूले दुवै अन्तरिक्षयात्रीहरू आफ्नो लम्बिएको मिशनका लागि राम्रोसँग अनुकूल भइरहेको बताएका छन् । उनीहरू दुवैले यसअघि अन्तरिक्षमा दुईपटक लामो अवधि बिताएका थिए । शनिवार फर्किएको याने पृथ्वीसम्म आइपुग्न छ घण्टा लामो यात्रा गरेको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि अवतरणको गति कम गर्न प्यारासुट प्रयोग गरिएको थियो । -बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया