Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ ८ पैसा पुगेको छ। यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ६६ पैसा (बिक्रीदर) थियो।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४८ रुपैयाँ ९३ पैसा र बिक्रीमा १४९ रुपैयाँ ६० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७० पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ९१ पैसा र बिक्रीमा ३१ रुपैयाँ ५ पैसा पाइन्छ। त्यस्तै, जापानी येन दशको खरिददर ९ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९ रूपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

 

 

तपाईको प्रतिक्रिया