Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र ३१, २०८१
Monday, September 16, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल पनि महासभामा भाग लिन अमेरिका जाने स्रोतले जानकारी दिएको छ । ओली प्रधानमन्त्री नियुक्त भएसकेपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

राष्ट्रसंघको ७९औं महासभा सेप्टेम्बर १० देखि अमेरिकाको न्युयोर्कमा हुँदैछ । २८ सेप्टेम्बरसम्म चल्ने महासभामा विश्वभरिका राष्ट्र प्रमुखहरूको सहभागिता रहने बताइएको छ । विश्वभरिका देखिएका समस्या र चुनौतीका विषयमा राष्ट्र प्रमुखहरूबीच छलफल हुने राष्ट्रसंघले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया