Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो – हरितालिका तीज नजिकिदैं गर्दा जापानमा दिनहुँजसो एकपछि अर्को तीज विशेष कार्यक्रम भईरहेका छन् । यसैबीच म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले पनि आईतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

अध्यक्ष बिशाल केसीको सभापतित्वमा भएको तीज विशेष कार्यक्रममा प्रमुख अतिथि मोनाका केन्द्रीय अध्यक्ष ददिवल खड्का तथा वरिष्ठ पत्रकार समेत रहेका सल्लाहकार तिलक मल्लले तीजको शुभकामना दिएका थिए । तीज विशेष कार्यक्रमकी उपसंयोजक कविता भट्टचनको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा चेलीबेटीहरुलाई दर खुवाउनुका साथै साँगीतिक माहौलमा उनीहरु भरपुर झुमेका थिए । तीज विशेष कार्यक्रमको मोनाका महासचिव सागर कार्कीले  सन्चालन  गरेका थिए ।

कार्यक्रममा गायिका तुलसी क्षेत्रीको साँगीतिक प्रस्तुती रहेको थियो । उनले पछिल्लो समय बजारमा ल्याएकी तीज गीत ‘जुलफी लर्काई…’, ‘जनताले हो….’, लगायतका आधा दर्जन भन्दा बढि गीत प्रस्तुत गरेर साँगीतिक माहौलमा थप रौनकता प्रदान गरेकी थिईन् । पोखरेली गायिका क्षेत्री साँगीतिक कार्यक्रमको सिलसिलमा छोटो समयका लागि हालै जापान आएकी हुन् । यसैगरी जापानमै रहेकी गायिका समिना खड्का लोहनीले पनि पछिल्लो समयमा बजारमा ल्याएकी तीजको गीत ‘घरै धानिँछु..’ बोलको गीत प्रस्तुत गरेर चेलीबेटीहरुलाई छमछमी नचाएकी थिईन् भने मोना जापानका साँस्कृतिक संयोजक समेत रहेका गायक गणेश छन्त्यालले पनि आफ्नै संकलनको शिरफुल भाका प्रस्तुत गरेर कार्यक्रममा नयाँ स्वाद पस्केका थिए । कार्यक्रममा करीब १ सय ६० भन्दा बढीको सहभागिता रहेको मोना जापानले जनाएको छ ।
स्थापना कालदेखि हरेक वर्ष मोना जापानले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरी आफ्ना चेलीबेटीहरुलाई दर खुवाउँदै आईरहेको अध्यक्ष बिशाल केसीले बताए । ‘तीज पर्वको मौलिकतालाई जगेर्ना गर्दै यसलाई मर्यादित बनाउने हामी सबैको कर्त्तब्य हो, सोही अनुरुप मोना जापानले हरेक वर्ष अनुशासित ढंगले तीज विशेष कार्यक्रमको आयोजना गर्दै आईरहेको छ’ – अध्यक्ष केसीले भने ।

मोना जापानका महासचिव सागर कार्कीले जिल्लाबासीहरुलाई एकैठाउँमा भेला गराई पारस्परिक सम्बन्ध, सम्पर्क र भाइचाराको बिकास गर्न यस्ता कार्यक्रमहरु ज्यादै उपयोगी हुने बताए । तीज विशेष स्वादिष्ट ब्यञ्जनका साथमा तीजे भाकाहरुको मनोरन्जनमा चेलीबेटीहरु बिहान ११ बजेदेखि साँझसम्मै झुमेका थिए । कार्यक्रम शिन-ओकुबोस्थित रोयाल गार्डेनमा भएको थियो ।***

तपाईको प्रतिक्रिया