Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्यासेजिङ एप टेलिग्रामका अर्बपति संस्थापक एवम् सीईओ पावेल डुरोभलाई शनिबार फ्रान्समा पक्राउ गरिएको छ । शनिबार साँझ पेरिसबाहिर बर्गेट विमानस्थलबाट ३९ वर्षीय उनलाई पक्राउ गरिएको हो । उनी पक्राउ पर्नुको कारण टेलिग्राममा मोडरेटरमा भएको कमीलाई लिएर भएको हो ।

सन् २०२२ मा रूसले युक्रेनमाथि हमला गरेपछि टेलिग्राम युद्ध राजनीतिलाई लिएर दुवै पक्षले सम्प्रेषण गरेका भिडियो र फोटोसहितका सामग्री बिनापरीक्षण राखेपछि चर्चामा आएको थियो । युक्रेनका राष्ट्रपति भ्लोलोदिमीर जेलेन्स्की र उनका अधिकारीका लागि यो एप सञ्चारको सबैभन्दा प्रमुख माध्यम हो । अर्कातिर रुसी सरकार पनि यसलाई प्रयोग गर्दै आएको छ ।

टेलिग्राम विश्वभरमा सबैभन्दा धेरै प्रयोग गरिने म्यासेजिङ एप हो । पावेल डुरोभले सन् २०१३ मा यसको स्थापना गरेका थिए । यस एपका करिब ९०० मिलियन सक्रिय प्रयोगकर्ता छन् । ‘फोर्ब्स’का अनुसार डुरोभसँग कुल १५.५ बिलियन डलरको सम्पत्ति छ। उनको गिरफ्तारीपछि कयौँ रूसी ब्लगरहरूले फ्रान्सेसली दूतावासमा विरोध प्रदर्शन गरेका छन् ।

तपाईको प्रतिक्रिया