Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

हाम्रो शरीरको कुनै भागमा सानो चोट लाग्दा पनि दुखाइ महसुस गर्छौँ । कहिलेकाहीँ दुखाइ यति गहिरो हुन्छ कि दुखाइ निवारक औषधि खानुपर्छ। छाला काट्दा वा च्याप्दा दुख्नु स्वाभाविक हो तर हाम्रो आफ्नै शरीरको अङ्ग भए पनि कपाल र नङमा यस्तो हुँदैन ।

नङ र कपाल काट्दा कुनै पीडा हुँदैन। यसबाट मानिसहरू अचम्ममा पर्छन् तर यो साँच्चै अनौठो कुरा हो । नङ र कपाल काट्दा भने कहिले पनि दुख्दैन ।

एक छिन सोचौँ त शरीरको अन्य भागमा चोट लाग्दा दुख्ने तर नङ र कपाल काट्दा किन नदुखेको होला । एकै छिन सोच्ने हो भने हामीलाई अनौठो महसुस हुन्छ ।

शरीरविज्ञानको दृष्टिकोणले नङ र कपालमृत कोशिकाबाट हुने भएकाले त्यसलाई काट्दा हामीलाई नदुखेको हो । कपाल पूरै मृत कोशिकाबाट बनेको हुन्छ भने नङ पुरै मृत कोशिकाबाट बनेको हुँदैन ।

नङ काट्दा ख्याल गर्नुभएको नै होला, बढेको नङ काट्दा मात्रै हामीलाई दुख्दैन । तर छालासँग टाँसिएको नङ भाँचियो वा चोट लाग्यो भने हामी पिडा महसुस गर्छौँ ।

यसको अर्थ औलाको टुप्पोमा छालासँग नटाँसिएको अर्थात् बढेको नङ मात्रै मृत कोशिकाबाट बनेको हुन्छ । जुन नङ काट्दा हामीलाई दुख्दैन । तर छालासँग जोडिएका नङ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ ।

तपाईको प्रतिक्रिया