Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – जापानी सहयोग नियोग (जाइका) को स्वयंसेवक कार्यक्रममा सहभागी हुन नौ स्वयंसेवक नेपाल आएका छन् । दिगो विकास प्रवर्द्धन र स्थानीय जीवनलाई समृद्ध बनाउन तयार गरिएका नयाँ परियोजनाहरूमा उनीहरूले सेवा प्रदान गर्नेछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वयंसेवकहरूलाई कृषि, ट्राफिक सुरक्षा, स्वास्थ्य सल्लाहकार र शिक्षा लगायतका क्षेत्रका काममा खटाइने जाइका-नेपालले जनाएको छ । ‘स्वयंसेवकले आफ्नो सीप र दृष्टिकोणअनुसार स्थानीय आवश्यकता सम्बोधन गर्न र दिगो विकासलाई बढावा दिन योगदान पुर्‍याउनेछन्,’ जाइकाद्वारा जारी विज्ञप्तिमा छ ।

जाइका-नेपालले नयाँ स्वयंसेवकहरूका लागि नेपालका सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय स्वयंसेवी संस्थाका साझेदार र मिडियाकर्मीसँग शुक्रबार परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो ।‘दिगो विकासका १७ लक्ष्यमध्ये जाइकाका स्वयंसेवकले आफ्ना एक वा थोरै लक्ष्य हासिल गर्न नेपालमा काम गरिरहेका छन्,’ जाइका-नेपालका नवनियुक्त प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले भने, ‘दिगो विकास लक्ष्यको आदर्श वाक्य ‘कोही पनि पछाडि छुट्दैनन्’ अनुसार हाम्रा स्वयंसेवकले स्थानीय जनतासँग मिलेर तल्लो तहमा काम गर्छन्, जुन यस कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो  ।’

जापान र नेपालबीचको मित्रता एवं साझेदारीलाई सहज बनाउनु नै स्वयंसेवक कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि भएको उनले बताए । नेपालमा जाइका स्वयंसेवक कार्यक्रममा सामेल हुन आएका एक स्वयंसेवीले दुई वर्षमा आफूले सिकेका सीपहरू लागू गर्ने र अर्थपूर्ण योगदान गर्ने प्रतिबद्धता जनाए ।सन् १९६५ मा स्थापित जाइका स्वयंसेवक कार्यक्रमले जापानी स्वयंसेवकलाई उनीहरूको क्षमता र अनुभवको प्रभावकारी उपयोग गर्दै देशको सामाजिक, आर्थिक विकासमा योगदान दिन स्थानीय मानिससँग काम गर्न अनुमति दिँदै आएको छ । स्वयंसेवकहरू जुन देशमा पठाइन्छ, त्यहाँका जनतामाझ बस्छन् । उनीहरूले विकास आवश्यकता पत्ता लगाउनुका साथै नेपाल र जापानबीच आपसी समझदारी एवं मित्रता प्रवर्द्धन गर्न सक्षम बनाउँदै आफ्ना गतिविधि अगाडि बढाउँछन् ।

नेपालमा पहिलो पटक सन् १९७० मा जाइका स्वयंसेवक आएका थिए । उनीहरूले कृषि, स्वास्थ्य, शिक्षा, मत्स्यपालन, मर्मत कार्य, सिभिल इन्जिनियरिङ, सरसफाइ, खेलकुद र संस्कृति लगायतका क्षेत्रमा काम गर्दै आएका छन् । जाइकाको स्वयंसेवक कार्यक्रम कोभिड-१९ का कारण सन् २०२० मा अस्थायी रूपमा रोकिएकामा गत वर्ष जुलाईमा पुनः सुरु भएको हो । नेपालको विकासमा हालसम्म १ हजार ४ सय ४९ स्वयंसेवकले योगदान पुर्‍याएको जाइका-नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया