समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित यस भेटघाटमा आर्थिक, व्यापार, लगानी र पर्यटनजस्ता विभिन्न द्विपक्षीय हितका विषयमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भयो।
प्रधानमन्त्री ओलीले नेपालको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे भने राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे। भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी थिए।