Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री बन्ने अवसर गुमाएको टिप्पणी गरेका छन् । आज (मंगलबार) पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–माओवादीसहितको सरकार हुँदा प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको स्मरण गराए । उनले उक्त सहमतिमा प्रचण्ड इमानदार हुन नसकेको आरोप लगाए ।

उनले भने, ‘प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको थियो। माओवादी र समाजवादीसँग सहकार्य गरेर ०८४ सालसम्म सँगै जाने भनिसकेपछि कांग्रेसलाई आगामी निर्वाचनसम्म एक्लै प्रधानमन्त्री बन भनेर पटक-पटक आएको प्रस्ताव स्वीकार गरेनौं। तर, हामी समझदारीमा बाँधिएका थियौं। एकपटक समझदारी गरेपछि हामी इमान्दार भयौं। हामीले इमान्दारिता राख्यौं। हाम्रो इमान्दारितालाई कमजोरी नठान्नु।’

उनले एमाले र माओवादी सँगै रहन नसक्ने कुरा पटक पटक प्रमाणित भइसकेकाले कांग्रेस एमाले मिल्नुको विकल्प नभएको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया