Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – पाकिस्तानको क्वेटा जिल्लाको दलबन्दिनमा एक दिनअघि बिजुलीको पोलमा झुण्डिएको अवस्थामा फेला परेका पाँच जनाको पहिचान खुलेको छ । यद्यपि अहिलेसम्म कसैले पनि हत्याको जिम्मेवारी नलिएको पाकिस्तानको अङ्ग्रेजी पत्रिका डनले जनाएको छ । मृत्यु हुनेमा अफगानिस्तानको लस्करगाह निवासी रोजी खान, रहमत उल्लाह, सामी उल्लाह, आगा वली र सरदार वली रहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शाह फहद बिन सुल्तान अस्पतालका एक अधिकारी मोहम्मद जवादले डनसँग भने, ‘मृत्यु भएका पाँचै जना अफगानी नागरिक हुन् र अफगानिस्तानको लस्करगाहका बासिन्दा हुन् ।’ शवको पहिचान चागई जिल्लाको एक अफगान शरणार्थी शिविर गिर्दी जाङ्गलेका मोहम्मद याह्याको सहयोगमा गरिएको हो । डनका अनुसार शवलाई क्वेटा लगिएको छ ।

इरानस्थित प्रतिबन्धित आतङ्कवादी सङ्गठन जैश अल अदलका प्रमुख नेता मुराद नोटेजाईको हत्याबारे सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका पाँच जना उनीहरू नै हुनसक्ने प्रहरीको अनुमान छ । स्रोतका अनुसार इरानको सिस्तान–बलुचिस्तान क्षेत्रमा सक्रिय उक्त लडाकू समूहले आफ्ना नेताको हत्याको बदलामा ती व्यक्तिहरूलाई अपहरण गरी मृत्युदण्ड दिएको हुन सक्छ ।

अधिकारीहरूले दलबन्दिनमा फेला परेका पाँच वटा शव हालैको भिडियोमा देखिएका व्यक्तिहरूको हो वा ती असम्बन्धित व्यक्तिहरू हुन् वा फरक–फरक घटनामा मारिएका व्यक्तिहरू हुन् भनेर पत्ता लगाउने काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया