Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने तय भएको छ। भारतीय राजधानी दिल्लीस्थित हैदरावाद हाउसमा हुने यो भेटवार्ताका लागि मन्त्री राणा आइतबार ५ दिने भारत भ्रमणमा प्रस्थान गरेकी थिइन्। सोमबार साँझ हुने भेटघाटमा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो हस्तान्तरण गर्ने योजना छ।

राणालाई दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयको उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए। यसअघि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालसहितका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।

मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख सहसचिव भृगु ढुंगानालगायतको सहभागिता छ। सोमबार नै मन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नेछिन्। उनी जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा पुगेकी हुन्। जहाँ दुई देशबीचको सम्बन्ध सुधार, सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यस भ्रमणका क्रममा मन्त्री राणाले आफ्नो स्वास्थ्य उपचारसमेत गर्ने योजना बनाएकी छन्। यो भ्रमण नेपाल र भारतबीचको नियमित उच्चस्तरीय आदानप्रदानको एक हिस्सा हो। मन्त्री राणा आगामी ६ गते स्वदेश फर्किनेछिन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया