Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – अष्ट्रेलियाको सिड्नीबाट २१ दिनदेखि हराइरहेका काभ्रेका सुभाष बोलखेको शव साङसुसी क्षेत्रको समुद्री तटमा भेटिएको छ। क्यानबेरास्थित नेपाली दूतावासले एनएसडब्लु प्रहरीले शव फेला परेको पुष्टि गरेको जानकारी दिएको छ।

सुभाषले घरमै मोबाइल र अन्य कागजात छाडेर हराएका थिए। उनी अन्तिम पटक जुलाई २७ मा बेक्स्ली क्षेत्रमा देखिएका थिए र त्यसपछि बेपत्ता भएका थिए। नेपाली दूतावासको पहलमा सिड्नी प्रहरीले सुभाषको हराएको जानकारी सार्वजनिक गरेको थियो। १० महिनाअघि अध्ययनका लागि अष्ट्रेलिया गएका सुभाष निरन्तर परिवारसँग सम्पर्कमा थिए। साथी विवाहका लागि नेपाल गएको समयमा उनी अचानक सम्पर्कविहीन भएका थिए।

उनको शव नेपाल ल्याउन प्रक्रिया चलिरहेको छ, जसमा करिब १५ दिन लाग्ने अनुमान छ। शव ल्याउन १० हजार डलर खर्च हुने भएकाले रकम संकलनका लागि पहल भइरहेको छ।

यो पनि पढ्नुहोस : अस्ट्रेलियामा हराएका सुभाषको शव समुद्री तटमा भेटियो

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया