Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – पढाइका लागि नौं महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका काभ्रे पाँचखाल नगरपालिका-७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन् । विगत २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाषको शव फेला परेको पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामाङले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शनिबार बिहान १२ बजेतिर शव भेटिएको खबर नगरपालिकामा आएको उनले बताए । ‘शनिबार बिहान उनको शव समुद्रको तटमा भेटिएको त्यहाँस्थित प्रहरीले हामीलाई जानकारी पठाएको छ,’ तामाङले सुनाए । उनका अनुसार आजबाटै सुभाषको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइनेछ । अध्ययनका लागि अस्ट्रेलिया गएका सुभाष परिवारका कान्छा छोरा हुन् । उनी सुरुमा साथीहरूसँग बस्थे ।

परिवारले दिएको जानकारी अनुसार, पछिल्लो दुई महिनादेखि सुभाष एक्लै बस्दै आएका थिए । उनको मृत्युको कारणबारे अहिलेसम्म कुनै जानकारी नआएको र आवश्यक अनुसन्धान भइरहेको तामाङले बताए । उच्च शिक्षा अध्ययनका लागि गएका सुभाष हराएपछि खोजीका लागि परिवार स्थानीय सरकार हुँदै दूतावाससम्म पुगेको थियो ।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलसहित परिवारका सदस्यले नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कसँग भेटेर खोजी गरिदिन आग्रह गरेका थिए । सिड्नीस्थित प्रहरीले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे हुलियासहित जानकारी गराउँदै देख्ने-भेट्नेले खबर गर्न आग्रह गरेको थियो ।

 

तपाईको प्रतिक्रिया