Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच खुमलटारमा भेटवार्ता भएको छ।

शुक्रबार बिहानको भेटमा राजदूत फेनले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई प्रतिनिधिसभाबाट पारित गरेकोमा सन्तोष व्यक्त गरे। उनले यस विधेयकको कार्यान्वयनका लागि बेलायती सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा ध्यान केन्द्रित गर्दै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको र यसमा बेलायत सरकारको सहयोगलाई महत्वपूर्ण मानेको बताए। साथै, उनले पीडितहरूका लागि न्याय, परिपूरण र सम्मान सुनिश्चित गर्न बेलायती सरकारको सहयोगको आशा व्यक्त गरे।

प्रचण्डले आफ्नो नेतृत्वको समयमा नै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन पहल गरेको स्मरण गर्दै, यो विधेयक निष्कर्षमा पुग्दा विश्व शान्तिका लागि पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया