Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अर्थ मन्त्रालयले १०० दिनभित्र पूरा गर्ने कार्यहरूको योजना बनाएको छ। यसमा अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने र राजस्व चुहावट नियन्त्रणका लागि केन्द्रीय द्रुत गस्ती टोली गठन गर्ने योजना छन्।

भन्सार मूल्यांकनमा सुधार, आन्तरिक राजस्व परिचालन रणनीति कार्यान्वयन, भन्सार महसुल नियमावली तर्जुमा र विधिसम्मत दायित्व भुक्तानीको पनि व्यवस्था छ।

सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने, डिजिटल भुक्तानीमा १०% भ्याट फिर्ता, बचतपत्रको अभौतिकीकरण, केन्द्रीय बीजक अनुगमन प्रणालीमा थप करदाताको समावेश र तातोपानी भन्सारमा स्क्यानर मेसिनको प्रयोग सुरु गर्ने योजना रहेको छ। प्रवक्ता उत्तरकुमार खत्रीले यो कार्ययोजनाले नीतिगत, कानुनी र सेवा प्रवाहमा सुधार ल्याउने बताए।

तपाईको प्रतिक्रिया