Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीकाअनुसार स्कुटर चालक अन्दाजी २०/२५ वर्षीय पुरुष भएको बताए । यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको थियो । प्रहरीले सीसीटीभी फुटेज हेर्दा पुरुषले बा. ४९ प ८९४४ नम्बरको स्कुटर चलाएको देखिएको छ । यसैको आधारमा मृतक पुरुष भएको प्रहरीले पुष्टि गरेको हो ।

यद्यपी मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ । ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

यो पनि : ट्रकले किच्दा स्कुटर चालकको ज्यान गएपछि भक्तपुरको गठ्ठाघर तनावग्रस्त

तपाईको प्रतिक्रिया