Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगी प्रकरणमा संलग्न गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीले मलेसिया जाने तयारी गरेको छ। नेपाल प्रहरीले गृह मन्त्रालयलाई पत्राचार गर्दै दुई प्रहरी अधिकृतलाई मलेसिया पठाउन सहजीकरण गरिदिन अनुरोध गरेको छ।

यसअघि मलेसिया सरकारसँग जीबी राईलाई नेपाल फिर्ता गर्न प्रयास गर्दा सफल नभएपछि नेपालबाटै प्रहरी टोली पठाउने निर्णय भएको हो। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पनि यसबारे पुष्टि गरेका छन्।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारको कार्यकालमा पनि नेपाल प्रहरीका दुई अधिकारीलाई मलेसिया पठाउन गृह मन्त्रालयमा पत्राचार गरिएको थियो। तर, सत्ता परिवर्तनका कारण प्रक्रिया अघि बढ्न नसकेकोले अहिले पुनः गृहकार्य सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया