Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली शान्ति प्रक्रियाको मौलिकता र विशेषता विश्वभर स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि उनले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष आठ महिना ११ दिनपछि महत्त्वपूर्ण सहमति भएको बताए । सो अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत सम्पन्न भइसकेका छन् । उनले भने, ‘द्वन्द्वपीडितलाई न्याय, परिपूरण र मेलमिलाप ढिलाइ भइरहेको थियो । आज महत्त्वपूर्ण सहमति भएको छ ।’

नेता शर्माले भने, ‘सम्मानित अदालतको आदेशबमोजिम टिआरसी विधेयक संशोधनका लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला पक्ष र विज्ञको सल्लाह, सुझाव, सहयोग लिई सहजीकरण गर्न सफल भएका छौँ ।’

उनले यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकी काम चाँडो पूरा हुने विश्वास व्यक्त गरे । उपमहासचिव शर्माले यस क्रममा सल्लाह–सुझाव दिएर वा प्रश्न गरेर सहयोग गर्ने सबै र महत्त्वपूर्ण कामको जिम्मेवारी दिने पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन् । प्रमुख तीन दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटेको हो ।

तपाईको प्रतिक्रिया