Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

काठमाडौं – नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज बिष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेका ३९ वर्षीय रञ्जन खड्कालाई बुधबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका खड्का काठमाडौं महानगरपालिका-३२ का हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट साउन १५ गते पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि थापा अधिकारी भन्ने शोभिता सविता थापा र विनोद थापालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो ।

विनोदकी दिदी शोभिता त्यतिबेला कमर्श क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । प्राध्यापकले आफूलाई ‘मन पराउँछु’ भनेर पटकपटक फोन गर्ने गरेको कुरा शोभिताले भाईलाई सेयर गरिन् । विनोदले आफ्नो टिम भेला गरे । शोभिताले प्राध्यापकलाई भेट्न बोलाइन् । शोभितालाई भेट्न शंखमुल गएका प्राध्यापकलाई रञ्जन, विनोद र भक्तपुरका राजिब पाण्डेले रड र इट्टा प्रहार गरे ।

प्रहरीका अनुसार २०६४ साल असार २६ गते कमर्श क्याम्पसमा प्राध्यापनरत विष्टलाई धादिङको बुढाथुम-३ हालको गंगा जमुना गाउँपालिका–७ की ४१ वर्षीया सोभिता थापा भन्ने सबिता थापा (अधिकारी) को योजनामा निजको सहोदर भाइ विनोद थापा, ३९ वर्षीय रञ्जन खड्का र लोकन्थलीका राजिव पाण्डेको समूहले रड र इँट्टा समेत प्रहार गरी घाइते बनाई बेहोस् अवस्थामा छाडेर फरार भएका थिए । घाइते विष्टको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया