Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

काठमाडौं – राष्ट्रिय परिचयपत्रमा अब धार्मिक, सांस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अब फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन पाइने भएको हो ।

टोपी, सिन्दुरपोते र टीकासमेत हटाएर फोटो खिच्न लगाइएको भन्दै सरकारको आलोचना भएपछि विभागले हालै सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी प्रष्टीकरण दिएको छ ।

विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया