Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराएका हुन् ।

सामाजिक सञ्जालमार्फत पाएको सुझाव अनुसार आफूले सरकारी निवासमा बैठक नराख्ने बताएका छन् । ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’

आज बस्ने एमालेको केन्द्रीय सचिवालय बैठक हनुमानस्थानस्थित होटल बसेरामा राखिएको छ । आजको बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया